राजनीति

माओवादी मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको एक्सन : माओवादीका मन्त्री अब विनाविभागीय

माओवादी मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको एक्सन : माओवादीका मन्त्री अब विनाविभागीय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । जिम्मेवारी खोसेसँगै अब माओवादीका मन्त्रीहरु विनाविभागीयको हैसियतमा पुगेका छन् ।

माओवादी मन्त्रीहरुलाई राजिनामा दिन गरेको आग्रह अस्वीकार भएसँगै उनले मन्त्रीहरुको जिम्मेवारी खोसेका हुन् । प्रधानमन्त्री देउवाले मंगलबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए ।

त्यसलगत्तै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारीसमेत गरेका थिए । तर, सरकारले चुनाव सार्न खोजेको भन्दै माओवादी मन्त्रीहरुको राजीनामा नदिने बताएका थिए ।

Sher Bahadur Deuba

विशेष