राजनीति

मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्चले बुधबार निर्णय सुनाउने

मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्चले बुधबार निर्णय सुनाउने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अलगअलग दुई ओटा मतपत्र बनाउनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनको निर्णय सर्वोच्च अदालतले बुधबार (भोलि) सुनाउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बधुबार निर्णय सुनाउने भएको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई यही असोज २२ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई ओटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

सो निवेदनमाथि यही असोज २४ गते सुनुवाई भएर कारण देखाउ आदेश जारी गरी मंगलबारका लागि छलफलमा बोलाइएको थियो । निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघकोे माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ । 

विशेष