राजनीति

वाम गठबन्धनको चुनावी घोषणापत्र कांग्रेसविरुद्ध केन्द्रित

वाम गठबन्धनको चुनावी घोषणापत्र कांग्रेसविरुद्ध केन्द्रित

काठमाडौं । एमाले–माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।

गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले–माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् ।

गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो । कार्यदलले तयार पारेको घोषणापत्र पार्टी एकता संयोजन समितिले एकपटक अध्ययन गरेपछि सार्वजनिक गरिने नेताले बताएका छन् ।

‘चुनावी घोषणापत्र तयार पार्ने काम करिब सकेका छौं,’ कार्यदलमा रहेका माओवादी वरिष्ठ नेता श्रेष्ठले भने, ‘अब छिट्टै दुवै पार्टीका अध्यक्षसहित नेताले हेरेपछि सार्वजनिक गर्छौं ।’

कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि  कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि ’ भन्ने चुनावी नारा घोषणापत्रमा तय गरेका नेताहरूले नेपालको राजनीतिमा परमुखी, बाह्य शक्तिकेन्द्रमुखी प्रवृत्ति देखिएको र चरम सत्तालोलुपता र भ्रष्टाचार बढेको कारण देशलाई त्यस्तो प्रवृत्तिबाट मुक्त बनाउन पनि गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन् ।

५५ वर्षसम्म फरक स्कुलिङबाट अगाडि बढेका दुई प्रमुख वामपन्थी पार्टी एकै हुने संकल्पसहित निर्वाचन तयारीमा जुटेपछि कांग्रेसले यी दुई पार्टीले ‘अधिनायकवाद’ जन्माउन खोजेको आरोप लगाइरहेका बेला घोषणापत्रमा भने उनीहरूले आफूहरूले कुनै त्यस्तो अधिनायकवाद जन्माउने ध्येय नराखेको प्रस्ट पारेका छन् ।

अन्नपूर्णमा खबर छ ।

विशेष