राजनीति

मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिने

मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिने

काठमाडाैँ । सर्वोच्च अदालतले नयाँ मतपत्र छाप्ने माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिने भएको छ ।

असोज २२ गते सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमाथि न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश नदिने फैसला गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अलगअलग दुई ओटा मतपत्र बनाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।

सो निवेदनमाथि यही असोज २४ गते सुनुवाई भएर कारण देखाउ आदेश जारी गरी मंगलबारका लागि छलफलमा बोलाइएको थियो । निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघकोे माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ ।  

Matpatra

विशेष