राजनीति

‘हामी बामपन्थी बन्न तपाईसँग आएका होइनौं’ भन्दै बाबुरामलाई थर्काउने को हुन् ?

‘हामी बामपन्थी बन्न तपाईसँग आएका होइनौं’ भन्दै बाबुरामलाई थर्काउने को हुन् ?

काठमाडौं । बाबुराम किन बिच्किए बाम तालमेलसँग र कसरी पुगे चुनाव हिन्ह रुखसँग आँखाको मिलन गराउनेतिर भन्ने बारे कथा रोचक छ । गोरखाबाट राष्ट्रिय पञ्चायत सदस्य बनेका वीरेन्द्र पोखरेल, सशस्त्र प्रहरीका पूर्वएआइजीद्वय नारायण पाण्डे र ऋषभदेव भट्टराईले बैठकमै बाबुरामलाई भने, ‘हामी बामपन्थी बन्न तपाईसँग आएका होइनौं । बाबुराम भनेर आएका हौं । केपी ओली र प्रचण्डको पुच्छर बन्न आएका होइनौं । यस्तो षडयन्त्र र रातारातको छलकपटपूर्ण राजनीति अनि बाम एकता हामीलाई मञ्जुर छैन । बाबुरामको सुरक्षार्थ गरिएको एकता हो भने त्यो हामीलाई मान्य हुँदैन ।’

उनीहरुले आफ्नो विचार राख्ने क्रमको अन्त्यमा के पनि भन्न भ्याए भने ‘बाबुराम र उनको परिवारको कल्याण होस ।’ त्यसपछि बाबुरामले राजपा, राजेन्द्र महतोको समेत नाम लिएर भन्न थाले, ‘म आवश्यक परे यी दलर कांग्रेससँग पनि तालेमेल गरेर जान्छु । तपाईहरु चिन्ता नलिनुहोस, यो जहाज डुब्न दिन्न, जसरी पनि पार लगाउछु ।’
–जनआस्था साप्ताहिकबाट

विशेष