विचित्र विश्व

गाईको शरिरमा यसरी पारिदै छ प्वाल, यस्तो छ कारण

गाईको शरिरमा यसरी पारिदै छ प्वाल, यस्तो छ कारण

एजेन्सी । हालै मात्र अमेरिकामा एक यस्तै अनौठो प्रयोग गरिएको छ । कयौँ अर्ग्यानिक डेरी किसान यस प्रयोगमार्फत गार्इको शरीरमा एक ठुलो प्वाल बनाइरहेका छन् ।

तपार्इँले सायद यस किसिमको गार्इलार्इ टीभी र इन्टरनेटमा देख्नुभयो होला । तर, के तपार्इँलार्इ थाहा यसरी गार्इको शरीरमा प्वाल पार्नुको कारण ?

देख्दा धेरै अनौठो लाग्ने यो प्वाल खासमा गार्इको आयु बढाउनमा सफल भएको छ। वैज्ञानिकका लागि गार्इको भित्री भागको जाँच गर्न धेरै कठिन हुने गरेको छ । यस्तोमा गार्इको शरीरमा एक प्वाल बनाइने गरेको छ। यो प्वालबाट एउटा यन्त्र जोडिन्छ । यस प्वाललार्इ प्लास्टिकको रिङ्गले बन्द गरिएको हुन्छ । यस सर्जरीको एक महिनाभित्र गार्इ पुरै सहज अवस्थामा फर्किन्छ ।

गार्इको पेटमा यस प्वाल बनाउनुको उद्धेश्य प्रष्ट छ। यसबाट वैज्ञानिकहरू गार्इको पाचन प्रक्रियाबारेमा पत्ता लगाउन सक्नेछन् । गार्इ कुन् खाना सबैभन्दा मजाले पचाउन सक्छ रु र कुन् खानाबाट उसलार्इ अफ्ठेरो हुन्छ भन्ने कुरा यसले पत्ता लगाउन सहज हुन्छ । यसबाट गार्इको पेटमा रहने ब्याक्टेरियाबारेमा पनि सजिलै पत्ता लगाउन सकिन्छ । यो फिस्टुला गार्इको शरीरको जुन भागमा राखिन्छ, त्यसलार्इ रूमेन भनिन्छ ।

गार्इलार्इ खाना खुवाएपछि वैज्ञानिकहरू यस प्वालबाट शरीरमा खाना कुन् स्तरमा पचिरहेको छ भन्ने अनुसन्धान गर्छन् । खास कुरा भनेको यस प्वालले गार्इलार्इ कुनै हानी गर्दैन, उल्टै यो गार्इका लागि धेरै फाइदाजनक छ । यस प्रक्रियाबाट गार्इको आयु पनि बढ्छ । बिमारी भएको स्थितिमा गार्इलार्इ औषधि पनि पेटको यही बाटोबाट दिन सकिन्छ । गार्इको पेटमा राखिएको माइक्रोब्सको परीक्षणपछि यसलार्इ अन्य जनावारमा पनि लगाइने बताइएको छ ।

तर यस प्रक्रियालार्इ लिएर कयौँ मानिसले आलोचना पनि गरेका छन् । गार्इको शरीरको एउटा भाग निकालेर उसको पेटको संवेदनशील भागलार्इ देखाउने यो प्रक्रिया पछिल्लो समयदेखि चलिरहेको छ ।

कयौँ मानिसले भने यस यस सर्जरीबाट गार्इलार्इ कुनै नोक्सान नपुग्ने बताइरहेका छन् । केहीले भने करिब ६ हप्तासम्म गार्इको अवस्था असहज हुने तर्क गरिरहेका छन् ।

यस प्रक्रियाको आलोचक यसलार्इ केबल मासु र डेरी कम्पनीको फाइदाको रूपमा देख्छन् । यसका बाबजुत यो प्रक्रिया पछिल्लो केही सयमदेखि दीगो खेतीको एक तरिका पनि मानिरहेका छन् ।

विशेष