राजनीति

नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे एमालेकै बागी उम्मेदवार !

नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे एमालेकै बागी उम्मेदवार !


काठमाडौं । एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि गुण्डा नाइके दीपक मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको हो । मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई उम्मेदवार नबनाउन एमाले स्थायी कमिटीका सबै नेता सहमत भएका हुन् ।

शुक्रवार मध्यरातमा भएको निर्णय अनुसार मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता हुन् । उनी दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् ।

जिल्लाबाट सर्वसम्मत रुपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरुले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको स्रोतले जनाएको छ ।

दीपक मनाङे एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए । कुनै समय मनाङमा सांसद उम्मेदवार उठाउने मान्छे नपाएको एमालेमा पछिल्लो समय राप्रपाका व्यक्ति एमाले प्रवेश गरेर जिल्ला नेतृत्व गरेका छन् ।

विशेष