विचित्र विश्व

संसारकै फोहाेरी मानिस, जाडोमा टायर लगाउँछन् गर्मीमा हेल्मेट

संसारकै फोहाेरी मानिस, जाडोमा टायर लगाउँछन् गर्मीमा हेल्मेट


एजेन्सी । स्वस्थ रहनको लागि शरिरको सरसफाई नियमित गर्नु एकदमै जरुरी छ । तर संसारमा यस्ता व्यक्ति पनि हुन्छन् जो पानी शरिरमा पर्दा विरामी परिने विश्वास राख्छन् ।

सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ तर ८३ वर्षका अमो हाजीले ६३ वर्षदेखि नुहाएका छैनन् । उनी संसारमानै अचम्म लाग्दो जीवन बाचिँरहेका छन् ।  हाजी संसारकै सवैभन्दा फोहोरी व्यक्ति हुन् । उनी भन्छन, आफ्नो जवानीमा आएका अनेकन् उतारचढावपछि उनले आफुलाई दुनियाबाट अलग गरेका हुन् ।

डेली मेलका अनुसार उनी इरानको फार्सको दक्षिण क्षेत्रमा बस्छन् । हाजीलाई खानेकुरालाई सरसफाई गर्नुलाई घृणा गर्छन् । उनी मरेको जनावरको कुहिएको मासु खाने गर्छन् । दिनमा पाँच लिटर पानी पिउन खिया लागेको भाडोको प्रयोग गर्ने गर्छन् ।

हाजी आराम गर्नको लागि सिगार पिउने गर्छन् । सिगार पिउने पाइप जनावरको दिशाले भरिएको हुन्छ । उनी रातभरि चिहानमा सुत्ने गर्छन् । उनलाई मानिसहरुले वास्ता नगरेका पनि होइनन् । एकपटक उनलाई नुहाइदिने प्रयास गरेका थिए तर उनी भाग्न सफल भए ।

तेहरान टाइम्सको रिपोर्टका अनुसार उनी आफ्नो रुप र अनुहारबाट अन्जान भने छैनन् । उनी कारको ऐनामा आफ्नो अनुहार हेरिरहन्छन् । तर त्यसलाई बदल्न कोशिश कहिल्यै गर्दैनन् । उनी कपाल काट्नुभन्दा जलाउनु राम्रो मान्छन् । उनी धेरै गर्मीमा टायर लगाउँछन् भने जाडोमा हेल्मेट ।

विशेष