राजनीति

पूर्वराजाको अभिव्यक्तिमा शिव सेना नेपालको स्वागत (भिडियोसहित)

पूर्वराजाको अभिव्यक्तिमा शिव सेना नेपालको स्वागत (भिडियोसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहमा आफू मुलुकको नेतृत्व गर्न तयार रहेको धारणाप्रति शिव सेना नेपालले स्वागत गरेको छ । शिव सेना तथा हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिका प्रमुख संयोजक अनिल बस्नेतद्वारा आइतबार जारी विज्ञप्तिमा पूर्वराजाको अभिव्यक्तिको स्वागत गरिएको हो ।

विज्ञप्तितमा भनिएको छ—श्री ५ महाराजाधिराजबाट व्यक्त धारणाको स्वागत गर्दछौं र श्री ५ महाराजाधिराज सरकारको नेतृत्व प्रति आफूलाई समर्पित गर्दै समस्त देशभक्त नेपाली जनतालाई हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिको झन्डामुनि गोलबन्ध हुन अपिल गर्दछौं ।

राजसंस्थान र हिन्दूअधिकाराज्य स्थापनाका लागि क्रियाशिल शिव सेनाका अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भएको मूलभूत विषय निम्नानुसार छ— अहिले देश संकटग्रस्त अवस्थामा गुज्रिरहेको यथार्थ हामीबीच लुकेको छैन । दलहरुको अकर्मण्यताले देश भ्रष्टाचारको दलदलमा फसेको छ । देशैभर अराजकता छ । देश भन्दा दल र दलभन्दा नेता हावी हुँदै गएको अवस्था छ । देश दिनानुदिन भड्खालोमा जाकिँदै छ । संविधान कार्यान्वयनको नाममा देशमा पुन दलीयय निरंकुशता लाद्ने काम हुन थालेको छ ।

यसै परिप्रक्ष्यमा श्री ५ महाराजाधिरा सरकारबाट देशको यो विषम परिस्थितिको मूल्यांकन गरिबक्सी अब यी दलहरु र तिनको नेतृत्वबाट देशले निकास पाउन सक्दैन । र जन चाहना बमोजिम श्री ५ महाराजधिराले नेतृत्व लिन तयार रहिबक्सको सन्देश नेपाली जनतालाई प्रवाह गरि बक्सेको अवस्थामा हामी देशभक्त नेपाली जनता हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिको तर्फबाट पनि श्री ५को वक्तव्यको स्वागत गदैछौं ।

पूर्वराजाले शनिबार बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहीबाट भाइटीका ग्रहणपछि जनताले चाहे आफू नेतृत्व लिन तयार रहेको बताएका थिए ।

'शिव सेना नेपाल एक राजनीतिक दल पनि हो । तर यो दलले आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागीता नजनाउने घोषणा गरिसकेको छ । अहिले शिव सेना नेपालका नेपालका विभिन्न जिल्लामा हिन्दू अधिराज्य स्थापना र राजसंस्था स्थापनाको अभियान सञ्चालन गर्दै आइरहेको छ ।

अभियान अन्तर्गत विभिन्न सभा, सम्मेलन, जुलुस, प्रदर्शन, भित्ते लेखन आदि भइरहेको छ । पूर्वराजाको अभिव्यक्तिपछि मुलुकका विभिन्न जिल्लामा स्वागत र्यालीको पनि आयोजना गरिएको छ ।

"> 

 

विशेष