राजनीति

कांग्रेसले ३० जिल्लाका उम्मेदवार छनोट गर्याे (को कहाँबाट)

कांग्रेसले ३० जिल्लाका उम्मेदवार छनोट गर्याे (को कहाँबाट)

काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लामध्ये सिन्धुपाल्चोक–२ र गोरखा–२ बाहेक अन्यत्र कांग्रेसले एकल उम्मेवारी तय गरेको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र गोरखा क्षेत्र नम्बर–२ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईलाई सघाउने गरी कांग्रेसले उम्मेवारी तय गरेको हो ।

कांग्रेस संसदीय समितिले टुंगो लगाएका उम्मेदवारहरुमा सिन्धुपाल्चोक–१ मा मोहनबहादुर बस्नेत, गोरखा–१ मा चीनकाजी श्रेष्ठ, ताप्लेजुङमा केशव दाहाल, पाँचथरमा भीष्मराज आङदेम्बे, संखुवासभामा दीपक खड्का, भोजपुरमा उमेशजंग रायमाझी, खोटाङमा सरस्वती बजिमय, सोलुखुम्बमा बलबहादुर केसी, ओखलढुंगामा रामहरि खतिवडा, दोलखामा रुद्र खड्का र रामेछापमा कान्छाराम तामाङ रहेका छन् ।

यस्तै, नुवाकोट–१ मा डा। रामशरण महत, नुवाकोट–२ मा अर्जुननरसिंह केसी, धादिङ–१ मा विश्व अर्याल, धादिङ–२ मा दिलमान प्राख्रिन, लमजुङमा दिलबहादुर घर्ती, मनाङमा टेकबहादुर गुरुङ र म्याग्दीमा खम्बीर गर्बुजा छन् ।

त्यसैगरी, बाग्लुङ–१ मा चम्पादेवी खड्का, बाग्लुङ–२ मा निरज पुन, रुकुम पूर्वमा गोपालजीजंग शाह, रुकुम पश्चिममा वीरबहादुर ओली, रोल्पामा अमरसिंह पुन, जाजरकोटमा राजीवविक्रम शाह, कालीकोटमा भूपेन्द्रजंग शाही, हुम्लामा मंगल शाही, जुम्लामा देवेन्द्र शाही, मुगुमा हस्तबहादुर मल्ल, डोल्पामा अंगद बूढा, बझाङमा पृथ्वीबहादुर सिंह, बाजुरामा कविराज पण्डित, बैतडीमा नरबहादुर चन्द र दार्चुलामा विक्रमसिंह धामीलाई उम्मेदवार बनाइएको छ । रसुवा र मुस्ताङमा अझै उम्मेदवारको टुंगो लागेको छैन भने प्रदेशसभा सदस्य उम्मेदवार पनि टुंगिएका छैनन् ।

विशेष