राजनीति

राष्ट्रिय जनमोर्चा पनि वाम गठबन्धनमा सामेल

राष्ट्रिय जनमोर्चा पनि वाम गठबन्धनमा सामेल


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्यूठान र बाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला वाम दलले सघाउने भएपछि तीन दलबीच शनिबार सहमति भएको हो ।

सहमतिअनुसार प्यूठानको प्रतिनिधिसभामा जनमोर्चा र प्रदेशका एक–एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् ।

यस्तै, बाग्लुङका प्रतिनिधिसभा–१ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक–एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ ।

सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्कोलाई सघाउन तीन दल सहमत भएका एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्वारा शनिबार संयुक्तरुपमा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग पनि तालमेल गर्ने निष्कर्षमा पुगेको छ ।

विशेष