राजनीति

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजीनामा स्वीकृत

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजीनामा स्वीकृत


काठमाडौं । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।

उनले गत असोज तेस्रो साता परराष्ट्र मन्त्रालयमार्फत् राजीनामा बुझाएका थिए । उपाध्यायको राजीनामा पत्र तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराले असोज २० मा नै प्रधानमन्त्री कार्यालयमा लगेर बुझाएका थिए ।

उपाध्याय दिल्लीस्थित राजदूतावासको जिम्मेवारी उपप्रमुख भरत रेग्मीलाई सुम्पेर स्वदेश फर्केका थिए ।

उपाध्यायले कपिलवस्तु क्षेत्र नम्बर १ वा २ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गरेका छन् । उनले जिल्लाबाट धेरै दबाब आएपछि राजनीतिमा फर्किने निर्णय गरेको बताएका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा उपाध्याय कपिलवस्तु–१ बाट उम्मेदवार बनेर पराजित भएका थिए । यसपटक पनि कपिलवस्तुबाटै टिकट पाउनका लागि उपाध्यायले दौडधुप गरिरहेका छन् ।

विशेष