राजनीति

रवीन्द्र मिश्र भन्छन्, ‘मलाई जिताउनुहोस्, इमान बेच्ने छैन’

रवीन्द्र मिश्र भन्छन्, ‘मलाई जिताउनुहोस्, इमान बेच्ने छैन’

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने घोषणा गरेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मतदातामाझ पाँच बुँदे वाचा सार्वजनिक गरको छन् । बिबिसी रेडियोमा नेपाली सेवाका पूर्वपत्रकार मिश्रले कहिले पनि आर्थिक अनियमितता नगर्ने, आफ्नो क्षेत्र र देशका लागि इमानपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनका प्रतिबद्धताहरु निम्नानुसार छन्ः 

१ं) म सांसदको काम, कर्तव्य र अधिकारको सीमाभित्र बसेर खासगरी क्षेत्र नम्बर १, सम्पूर्ण उपत्यका र देशका लागि दिलोज्यान दिएर काम गर्छु ।

२) म महानरपालिकासँग समन्वय गरेर क्षेत्र नम्बर १ को खासगरी खुला क्षेत्र संरक्षण, केटाकेटीहरूलाई खेल्ने पार्कहरूको निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने९टहलिने ठाउँहरू, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्था र सुकुम्वासी व्यवस्थापनका लागि पहल गर्नेछु र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिनेछु ।

३) म सांसदका रूपमा महानगरपालिका भित्र व्यवस्थित शहरीकरण, आधारभूत पूर्वाधार लगायत नगरवासीका प्रत्यक्ष सरोकारबारे तपाईँहरूका दृष्टिकोण संसदमा जोडदाररूपमा राख्नेछु र ती विषयहरूमा आवश्यक नीति र कानुन निर्माणमा पहल गर्नेछु ।

४) म सांसदको हैसियतमा आफ्नो क्षेत्रको विकासको लागि पाउने र ल्याउन सक्ने बजेट क्षेत्र नम्बर १ का प्रबुद्ध र प्रतिष्ठित व्यक्तिहरूको समूह बनाएर उनीहरूको सुझाव९सल्लहमा मात्र खर्च गर्नेछु। ती रकमहरू म कुनै पनि हालतमा राजनीतिक स्वार्थ र लाभका लागि खर्च गर्ने छैन ।

५) म सांसदका रूपमा देशको अहित हुने ९ उदाहरणका लागि, इमानकी प्रतिक प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने, दसौँ लाख विद्यार्थीको भविष्य अन्धकार हुने शिक्षा ऐन पारित गराउने, व्यक्तिगत लाभका लागि करोडौं नेपालीको स्वास्थ्य सेवामा खेलबाड गर्ने कानुन बनाउने ० आदि जस्ता कार्य कुनै हालतमा गर्ने छैन ।

 

विशेष