अन्तरवार्ता भिडियो स्ट्रेट फरवार्ड

विदेशीको पैशा खाएर राजालाई गाली गर्ने हक कसैलाई छैन (भिडियोसहित)

विदेशीको पैशा खाएर राजालाई गाली गर्ने हक कसैलाई छैन (भिडियोसहित)

डा. प्रेम सिंह बस्न्यात नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल हुनुहुन्छ । सैन्य इतिहासमा विद्यावारिधि गर्नुभएका बस्न्यातले धेरैवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ । १४ पुस्तक लेखिसक्नु भएका बस्न्यातका दुई पुस्तक प्रकाशोन्मुख छन् । राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताबारे कडा र स्पष्ट बस्न्यातले यसपटकको अन्तर्वार्तामा निम्नानसारका धारणा राख्नु भएको छ–

 

म पछिल्लो राजनीतिक गतिविधिबाट उत्साहित छैन । मैले बुझेको जनता पनि उत्साहित छैनन् । जनता पनि दुई खालका छन् । एक स्वतन्त्र म जस्ता जनता र अर्को पार्टीका कार्यकर्ता । अहिलेको राजनीतिबाट खुसी भएको भनेको पार्टीका कार्यकर्ता हुन् । अहिले यस्तो माहोल सिर्जना भयो कि ६२/ ६३ को आन्दोलन पछि कसैले पनि शिक्षक, कर्मचारी, डाक्टर पाइलट, खरदार मुखिया, सुब्बा जे हुन पनि पार्टीको झोला बोक्नै पर्ने अवस्था सिर्जना भयो । अझ राजदूत र भिसी हुनका लागि त यस्तो धेरै आवश्यक पर्न थाल्यो । दलको पछि लागेकाहरुले घिस्रेर होस, चाहेर होस नचाहेर होस दलहरुले जे जे गर्छन उनीहरु ताली बजाउन विवस हुन्छन् । उनीहरुको रोजीरोटी त्यसमा जोडिएको छ ।

समा बुद्धिजीवीहरु पनि छन् । उनीहरुको लागि पनि अहिलेको मौसम अनूकुल बनेको छ । एउटा ट्याम्पोलाई ट्रक तान्न लगायो भने तानिन्छ ? तानिदैन । हो त्यस्तै हो । अहिलेको संविधान भनेको ट्याम्पो हो । यसले मुलुक धान्न तान्न सक्दैन । मुलुक धान्न र तान्न नसक्ने संविधान जारी भएको छ । अहिलेका अर्थमन्त्रीहरुले बजेट जारी गर्छन् । त्यसमा ७० प्रतिशत त विदेशीको भर, राजश्व उठाउने लक्ष्यलाई केन्द्रमा राखेर गरिएको हुन्छ ।

 

भोलिको दिनमा यति धेरै सांसद, मन्त्री, कर्मचारी थप्नु पर्ने छ । देशले धान्न नसक्ने गरी संरचना बनाइएको छ । मन्त्री र कर्मचारी थपेर विकास हुन्छ ? मन्त्री र कर्मचारी कम भएर यो मुलुक विकास नभएको हो भन्ने सोचले संविधान बनाइएको छ । यसकारण संविधान त्रुटिपूर्ण छ ।

 

नेपाललाई चाहिएको राजनीति नेताहरुले गरेको भए ५०–६० जना सांसदले हाम्रो संसद चल्न सक्छ । पश्चिमाहरुले कुनै बदलाको लागि नेपालमा थोपरेको व्यवस्था हो यो । अहिलेको व्यवस्था नेपाली जनताले चाहेको व्यवस्था होइन । नेपाली जनताले झन्डै हजारको हाराहारीमा सांसद पाल्छौ भनेका छैनन् । पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेदेखि नै नेपाल उनीहरुको सत्रु राष्ट्र बन्दै आएको छ । यसकारण उनीहरु जहिले पनि हामीलाई बिथोल्न चाहन्छन् । अहिलेको परिवेश भन्ने हो भने त्यो सम्भव पनि भयो । संघीयता थोपरिएको हो ।संघीयता नभएर देश अविकसित भएको होइन । ७५ जिल्लाको विकास गर्ने पैशा त यिनै नेताहरुले थुपारेर राखेका छन् । यिनको कठालो समातेर सोधौं त पैशा कहाँबाट आयो भनेर । सबै थाहा हुन्छ । संघीयताका लागि मुलुक अगाडि बढिसक्यो । तर धान्न नसक्ने व्यवस्थातिर गयो । अहिले जुनसुकै बच्चा जन्मियोस, जन्मनासाथ उसको थाप्लोमा १४ हजार ऋण हुन्छ ।

 

अहिलेको व्यवस्थाले द्वन्द्व समाधान होइन निम्त्याउने खतरा देखेको छु । चुनावमा देश गएको छ । झोलेहरुका लागि यो ठिक मौसम हो । चुनाव भनेको पैशा कमाउने बाटो पनि हो । एउटा सिंगो नेपाल चलाउन नसक्नेले सात प्रदेश कसरी चलाउँछन ? मुख्य कुरा यो हो । अर्को कुरा के छ भने तराई टुक्रा पार्छु भन्नेलाई यिनीहरुले केही गर्न सकेनन् । बाबुराम भट्टराई जस्ता नेता भएको देश हो । सिके राउत पक्राउ पर्दा उनी मानवअधिकारवादीको पछि लागेर राउतलाई छाड्नु पर्छ भन्दै जाने मानिस हुन् उनी । अहिले ज्ञानेन्द्रले केही बोल्दा उनी किन पाँच हात उफ्रिन्छन ? यो देशलाई जोगाउँ भन्दा यहाँका केही मानिसहरु उफ्रिन्छन् । देशको माया गर्ने मान्छे धेरैलाई बिझाउँछ ।

 

संघीयतामा के दिन के खाने भन्ने समस्या हुन्छ । कांग्रेस एमाले माओवादीका यिनै डनहरु त आउने हुन हामीमाथि शासन गर्न । बोतल जति फेरे पनि रक्सी उही हो । व्यवस्था जति फेरे पनि नेता उही हुन । अनि हुन्छ कसरी परिवर्तन ? मेरो प्रश्न यही हो । यी नेताहरुलाई परिवर्तन नगरी केही फाइदा छैन ।


..
संघीयता भनेको उपनिवेशबाट छुट्टै भएको अवस्थामा, स साना राजाहरु भएको ठाउँमा, भारत अमेरिका जस्तो ठाउँमा संघीयताको परिकल्पना गरिएको हो । हाम्रो भूगोल भारत, अमेरिका, चार भाषा बोलिने स्वीट्जरल्याण्ड जस्तो होइन । हाम्रो मुलुक त असाध्यै सानो छ । १० वर्षमा यो सात प्रदेश ३५ वटा हुन्छ । एउटा देश त यिनीहरुले जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । एक मधेस एक प्रदेश भनेर देश टुक्र्याउने योजना बनाएर पश्चिमा, इन्डिया लागि परेको थियो ।


..
अहिलेको व्यवस्थाले केन्द्र कमजोर हुनेछ । मुलुक टुक्रा टुक्राको संघ भएपछि विदेशीलाई खेल्न सजिलो हुन्छ । देश टुक्रा पार्नेहरुलाई सजिलो हुन्छ । त्यही सजिलोको लागि संघीयता ल्याइएको हो । विदेशीका दलाल, एनजिओको कारणले विशेषगरी पश्चिमाका कारण देश टुक्रा हुने दिन आउला भन्ने लाग्छ ।


..
यो संविधान नागबेली जस्तो भएको छ । पश्चिमाको रुचीले संविधान बनेको छ । कांग्रेस, एमालेलाई मन मनमा घाँडो भएको छ । यो संविधान यिनीहरुले लेखेका होइन । तर पश्चिमाको रुचीमा आएको संविधान यिनीहरु जसरी भए पनि लागू गर्न खोज्दै छन् । उता भारतलाई पनि नेपालको संविधान चित्त बुझेको छैन । नेपालमा हिन्दू धर्म मासिएला भन्ने अहिलको संस्थापनको चिन्ता देखिन्छ । नेपालमा क्रिष्चियन बढ्दा चीन पनि दुःखी हुन्छन् । तिब्बत नेपाल सीमामा क्रिष्चियन बढ्दा उनीहरुलाई दुःख दिन्छन् ।

 

नेपाल टुक्रा पार्न, धर्म मास्न खटिएका विदेशीका खेतालाहरुले मेरो नाक कति लामो, मगरको कति छोटो भनेर विषय उचाल्छन् । बुद्धिजीवी भनाउँदाहरुले प्रपोगन्डा गर्छन् । पाँच सात जना दलाल विदेशी एजेन्ट (लोकराज बरालसहित)को त मैले पहिले नाम पनि लिएको छु । तराई छुट्याउनु पर्छ भन्ने झा थरको एक वकिल जो बेलायतमा पढेर आएका उनी पश्चिमाको पालित पोषित हुन् । उनलाई अहिले राजपा नेपालले समानुपातिकामा नाम राखेको छ । यिनीहरु मन्त्री हुन, मागी खान, विदेशीको नुन खान नेपालीको खुन खान यी प्राज्ञ विज्ञको लागि अहिले व्यापारको मौसम आएको छ ।

..

राजनीतिमा कुनै पनि दिवास्प्न हुँदैन । पूर्वराजाले जे बोले त्यो अनौठो छैन । त्यो कुरा मै आफै पनि बोल्छु । हामीले नै बोल्नु पथ्र्यो । देश बरबाद हुन लाग्यो भनेर हामी सात दिन सात रात प्रमाण दिएर बोल्न सक्छु । अब मुलुक दुर्घटनामा लगेर हाल्दै छन् । भोलिको दिनमा राजसंस्था फर्किने सम्भावना छ । ज्ञानेन्द्रका पूर्खाले यो देश जोगाइदिएका हुन् । यी दलहरुले भनून कुन राजाले आफ्ना छोरा नातिका लागि देश बेचेका छन ? कुन राजाले पैशाकालागि राजदूतको पद, न्यायाधीशको पद बेचेका छन् ?

 

पूर्वराजाले ठिक समयमा बोलेका छन् । अब जो होस हामीलाई राजा चाहिएको छ । देशले राजा खोजेको छ । सडकमा जनता निस्किने बेला भइसकेको छ ।
..

सेनाले पनि अहिले टुलुटुलु हेरेर बस्ने बेला होइन यो । सेनाले डारेक्टु ‘कू’ गर्न हुँदैन । कुनै राजनीतिक पार्टीलाई साथमा लिएर प्रभावकारी भूमिकामा सेना आउनु पर्छ । सेना टुलुटुलु हेरेर बसेर हेर्यो भने सेनालाई पाप लाग्छ । गोर्खाको एउटा कोटबाट टिस्टा काँगडा लडेका हाम्रा पूर्खाको नासो हो नेपाली सेना । यस्तो सेनाले मौनता साँध्नु भनेको देश डुब्न दिनु हो । अब सेना राजासँग मिलेर तीनै सुरक्षा अंगको साथ लिएर ‘मूभ’ हुनुपर्छ ।
..

मलाई दक्षिण मित्र राष्ट्रबाट पनि प्रलोभन आएको थियो । पैशाको प्रलोभन आएको थियो । पश्चिमाबाट पनि आएको थियो । मलाई ‘थ्रेट’ छ भन्ने सुनेको छ । विदेशीको पैशा खाएर लेखक भइटोपलेका धेरै छन् । यिनीहरुलाई नंग्याउन आवश्यक छ । नेपालमा होस्टाइल सिटीजन तयार गर्ने अभियान चलेको छ । नेपालीलाइ नै नेपालविरुद्ध काम गर्ने गरी तयार पार्ने काम भइरहेको छ । विशेषगरी सोझा जनताको बुद्धि भुट्न लेखकहरु तम्तयार भएर बस्छन् । कसैले कीर्तिपुरको डाँडोबाट लेख्छन् । कसैले तराईबाट लेख्छन् । पश्चिमाको खाएर नेपाल टुक्रा पार्न खोजिरहेको छ ।
..

मुख्य जिम्मेवारी सरकारको हो । देशको अहित गर्ने विदेशीको हित गर्ने गरी काम गर्नेहरु देख्दा देख्दै पनि नेपालका सुरक्षा अंगहरु टुलुटुलु हेरेर बसेका छन् । समातेर कारबाही गर्न सकेका छैनन् । भारतमा कुनै सेनाको विरुद्धमा कसैले बोलोस त के हुन्छ ? अमेरिका, पाकिस्तानमा बोलून त । के हुन्छ । नेपालको अस्मिता विदेशीलाई बुझाएर नेपालमा प्रधानमन्त्री बन्नेहरु छन् ।

..

महेन्द्रनगरमा गोविन्द गौतम मारिए । भारतीय एसएसबीले गोली ठोकेर मार्छ । नेपालमा भारतविरुद्ध प्रदर्शन होला भनेर हत्तपत्त शहीद घोषणा गर्ने र १० लाखले मुखमा बुजो लगाउने काम गर्छन । यस्तो काम गर्ने अरु कोही होइन विमलेन्द्र निधि र प्रचण्ड हुन । अनि यस्ता नेताले हाम्रो हित गर्छन ? बाढीमा मान्छेको बेहाल हुन्छ, त्यहाँ पनि पैशा बाँडी हाल्ने । नेपाली दिदी बहिनीलाई अपशब्द गर्नेलाई, देशको अस्मिता बेच्नेलाई हामी नेता मान्न विवश छौं । यो अवस्थाको अन्त्य हुनु पर्छ । यी भातमाराहरुका कारण मैले भन्ने गरेको छु, कि नेपालमा राजा चाहियो । नत्र सेना अगाडि बढुनु पर्छ ।

 

बेलायतको विन्सटन चर्चिल पूर्वसैनिक हुन् । फ्रान्स, जापान जहाँ पनि पूर्व सैनिकले देश विकास गरेका छन् । पूर्वराजाले मात्रै होइन हामी पनि भन्छौं, अब बेला आएको छ । हामी अगाडि बढौं । यी खातेहरुको शासन सहेर अब नबस्ने ।

 

नेपालमा बाहुन राजाहरुले शासन गरिरहेका छन अहिले । ६२ पछि हेर्नुस बाहुन राजाहरु गिरिजा वीर बिक्रम, माधववीर विक्रम, केपी वीरविक्रम, प्रचण्ड वीर विक्रम, झलनाथ वीरविक्रम । यी सबै बाहुन राजाले देश बिगारेका छन् । यिनीहरुले के गरे नेपालमा ? नेपाललाई कहाँ पुर्याए भन्नुहोस त । अहिले शाह राजाले यसो गरे, मल्ल राजाले उसो गरे भन्नेहरुलाई सोध्न चाहन्छ यी बाहुन राजाहरुले के गरे त ?
..

हाम्रो देशमा राजाले कुनै गल्ति गरेका छैनन् । ज्ञानेन्द्रका छोरा पारसरले यसो गरे र उसो गरे भन्छन् । पारसले भन्दा पनि प्रचण्डका छोरा प्रकाशले केसम्म गरेका छन् आफै बुज्नुहोस । राजनीति भनेको सधै सोचेको जस्तो हुँदैन । राम्रो गर्छु भन्दा कहिले काही गल्ति हुँदैन । ज्ञानेन्द्रले कहिले देश टुक्रा पार्ने कुरा गरेनन् । उनका पूर्खाले गरेनन् । म नेपाली सेनामा काम गर्ने बस्नेत परिवारको १२ औं पुस्ताको मान्छे हो । म भन्दा माथि मेरा १२ पुस्ताका पुर्खाले नेपाली सेना भएर देशका लागि लडे मरे । त्यही खुन मभित्र पनि छ । नेपाल टुक्रा पार्छु भन्नेहरुलाई म पहिले टुक्रा पार्छु । भारतमा तालिम गराएर नेपालमा बम पड्काउने काम भयो । अहिले देश ‘न बाच्छाको मुखमा न ढुंग्रो’को स्थिति भएको छ । एनजिओको, विदेशीको पैशा खाएर देश टुक्रा पार्न खोज्नेहरुलाई हामीले चिन्नु पर्छ ।

Gyanendra Shah Prem Singh Basnyat डा. प्रेमसिंह बस्न्यात स्ट्रेट फरवार्ड

विशेष