विचित्र विश्व

यसकारण नाङ्गै बस्छन् यी मानिस

यसकारण नाङ्गै बस्छन् यी मानिस

काठमाडौं । इण्डोनेशियामा एक यस्तो समुदाय छ जहाँका मानिसहरु पुरै रुपमा नाङ्गै बस्छन् । तर, इण्डोनेशियामा सार्वजनिक रुपमा नाङ्गै बस्न मनाही छ ।
यस समुदायका केही मानिसहरुसँग भेटेर तिनीहरुको जीवनशैलीबारेमा बिबिसीका सम्वाददाताले नजिकबाट बुझ्ने प्रयास गरे ।

यस समुदायमा रहने आदित्यको शरीरमा एक धरो लुगा पनि छैन । जब उनले खाना बनाउनका लागि भाँडोमा तेल हाल्छन् र त्यसको केही समयपछि तेल उछिट्टिएर उनको पेटमा परेको हुन्छ ।

उनी भन्छन, ‘मलाई नग्न रहेर कुनै पनि काम गर्न निकै आराम महशुश हुन्छ र यसमै म खुशी हुन्छु ।’ आदित्यलाई थाहा छ कि नग्न बस्नु देशको कानुन विपरीत हो । त्यसैले उनले पुरा नाम बताएनन् । इण्डोनेशियामा एन्टी प्रोनोग्राफी कानुनी रुपमा छ तर सार्वजनिक रुपमा नग्न रहनु भने गैरकानुनी हो ।

आदित्य आफू जस्तै नग्न रहने चार साथीहरुसँग भेट गर्छन् । उनी भन्छन, ‘हामी निजी भेट किन गर्छौं भने सार्वजनिक रुपमा नग्न भएको अवस्थामा हामीलाई जुनकुनै बेला जेल हालिन सक्छ ।’

आदित्य पछिल्लो १० वर्षदेखि यसरी नै बसेका छन् । उनीसँग समय भएपछि उनलाई नग्न रहन एकदमै मनपर्छ ।  जर्काताको यस समूहमा लगभग १० देखि १५ जना सामेल छन् । यसमा महिला र पुरुष दुवै छन् ।

आदित्य मान्छन् कि नाङ्गै बसेर एकअर्कासँगको सम्बन्ध झन् बलियो हुन्छ । उनको एउटा सपना छ कि कुनै दिन फ्रान्स जस्तो देशको यात्रा गर्न सकियोस् जहाँ नाङ्गै बस्न कुनै अवरोध नहोस् ।

विशेष