राजनीति

पार्टी अध्यक्ष ओलीले दिएको नासो ओलीलाई नै फिर्ताः युवा नेता आचार्य

पार्टी अध्यक्ष ओलीले दिएको नासो ओलीलाई नै फिर्ताः  युवा नेता आचार्य

दीपबहादुर घर्ती

जाजरकोट । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र “क” वाट बामगठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता निरज आचार्यले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । बुधवार विहान जिल्ला सदरमकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर नेता आचार्यले यस्तो घोषणा गरेका हुन् ।
आयोजित पत्रकार सम्मेलनमा युवा नेता आचार्यले पार्टी अध्यक्ष केवी शर्मा ओलीले दिएको नासो ओलीलाई नै फिर्ता गरिदिने घोषणा गरे ।

चुनावी बामगठबन्धन कार्यदल र पार्टी एकता संयोजन समितिको सिफारिसमा नेकपा एमाले स्थायी समिति बैठकको निर्णयवाट बामगठबन्धनका साँझा उम्मेदवारका रुपमा प्रतिनिधी सभा सदस्यको लागि जाजरकोट “क” वाट आफुले उम्मेदवारी दर्ता गराएको भएता पनि पार्टी अध्यक्ष ओलीको निर्देशनमै उम्मेदवारी फिर्ता लिन लागेको नेता आचार्यले जानकारी दिए ।

नेकपा एमाले श्रम तथा रोजगार विभागका सचिव समेत रहेका नेता आचार्यले आफुलाई अचानो बनाएर आफ्नो स्वार्थसिद्ध गर्ने, बामगठन्धनमा धुर्वीकरण ल्याउने प्रवृतिका विरुद्ध सधैभरी संघर्ष गर्ने वताए । १२ बर्षको उम्मेर देखिनै नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका नेता आचार्यले राजनीतिलाई अपराधीकरण र अपराधीलाई राजनीतिकरण गर्ने परिपार्टीको अन्त्य गर्नु पर्ने वताउदै, आफु सधैभरि सिष्टम र परिपार्टीको पक्षमा उभिदै आएको बताए ।

लोकतान्त्रिक समाजवादको पक्षमा दर्जनौं पटक जेल जीवन विताई सकेका नेता आचार्यले आफुले सधैभरी यो देशमा साँझा एउटै कम्युनिष्ट पार्टी हुनु पर्ने मान्यता राख्दै आएको वताए । उनले बाम गठबन्धनलाई धरापमा राखेर आफुले कुनै पनि पदमा पुग्न नचाहेको वताए । नेता आचार्यले पार्टी केन्द्रिय कार्यालयको निर्देशनलाई सिरोधारे गर्दै बामगठबन्धनका साँझा उम्मेदवारलाई चुनाव जिताउन सवै नेता तथा कार्यकर्तालाई अपिल गरे ।

नेकपा एमालेको चुनाव चिन्ह (सुर्य) प्रति अघात माया प्रकट गर्दै नेता आचार्यले भने–“जन्मजात देखि सुर्य चिन्हमा मतदान गर्दै आएका नेकपा एमालेका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक कसैले पनि यसपालीको चुनावमा जाजरकोटको निर्वाचन क्षेत्र नम्बर “क” मा सुर्य चिन्हमा मतदान गर्न नपाउने भएका छौं, हामी बाम गठबन्धनको चुनाव चिन्हमा मतदान गर्ने छौं, निर्वाचन क्षेत्र नम्बर “ख” मा प्रदेश सभाका लागि सुर्य चिन्हमा मतदान गर्ने छौं भने, प्रतिनीधि सभाका लागि बाम गठबन्धनको चुनाव चिन्हमा मतदान गर्ने छौं ।”

२०५४ सालको स्थानिय निर्वाचनमा क्षेत्रिय सदस्य निर्वाचित भैसकेका युवा नेता आचार्यले चुनावी बामगठबन्धन कार्यदल र पार्टी एकता संयोजन समितिको निर्णय कार्यन्वयन गराउन दबाव सृजना गर्न नेकपा एमाले केन्द्रिय समिति सल्लाहकार गोविन्द विक्रम शाहले प्रतिनीधि सभाको लागि उम्मेदवारी दर्ता गराएको भएता पनि पार्टी केन्द्रिय कार्यालयको निर्देशन अनुसार बुधवार नै नेता शाहलाई दर्ता गरेको उम्मेदवारी फिर्ता लिन अपिल गरे ।

निर्वाचन क्षेत्र नम्बर “ख” मा नेकपा माओवादी केन्द्रका तर्फवाट उम्मेदवारी दर्ता गराएको नेता नरबहादुर कार्कीलाई उम्मेदवारी फिर्ता लिएर बाम गठबन्धन साँझा उम्मेदवारका रुपमा रहेका नेकपा एमाले जाजरकोटका पार्टी अध्यक्ष करवीर शाहीलाई सहयोग गर्नु पर्ने नैतिक दवाव सृजना भएको छ भने, बाम गठबन्धनका तर्फवाट प्रतिनीधि सभाका लागि साँझा उम्मेवारका रुपमा पुर्ब गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेत हुने भएका छन् ।

 

विशेष