नदीको गहिराई नाप्ने भन्दै भुमरी नजिक पुग्दा
धनगढी । कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर बेपत्ता भएका छन् । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको पितमारीस्थित कर्णाली नदीमा नुहाउन गएका टीकापुर नगरपालिका–९ का २० वर्षीय मुकुन्द न्यौपाने र २१ वर्षीय रमेश न्यौपाने नदीमा डुबेर बेपत्ता भएको जानकारी दिए ।
नुहाउने क्रममा नदीको गहिराइ नाप्ने भन्दै नदीको भूमरी नजिक पुगेका दुवैजना डुबेर बेपत्ता भएको बताइएको छ । बेपत्ता हुनेको खोजी शुरु गरिएको प्रहरी निरीक्षक बोहराले बताए । कर्णाली पुलको चिसापानी बजारदेखि झण्डै दुई किमी उत्तरतर्फ रहेको पितमारी वनभोज स्थलका रुपमा लोकप्रिय छ ।