राजनीति

बाबुराम-नारायणकाजी सम्बन्धः तिक्ततापूर्ण ४ दशक

बाबुराम-नारायणकाजी सम्बन्धः तिक्ततापूर्ण ४ दशक

काठमाडौं । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन् ।

गोरखा खोप्लाङका भट्टराई र जौबारीका नारायणकाजी एउटै जिल्लामा जन्मे हुर्केको भए पनि भावनात्मक सम्बन्ध भने कोसौं टाढाको जस्तो छ । भिन्न पृष्ठभूमिबाट कम्युनिस्ट पार्टी र आन्दोलनमा जोडिएका यी दुवै नेता कुनै बेला एकै पार्टीमा पनि रहे । तैपनि, उनीहरूको सम्बन्ध बुझिनसक्नु विचित्र खालको मात्र रहन पुग्यो । एकै पार्टीमा रहँदा पनि एकले अर्कोलाई स्विकार्न नसक्ने, सधैंका प्रतिस्पर्धी जस्तै थिए डा भट्टराई र श्रेष्ठ ।

राजनीतिक लाइन, प्रवृत्ति, सोच्ने तरिका एकै खालको भए पनि यी दुई नेतालाई प्रतिस्पर्धी बनाइराख्न माओवादी अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलेको भट्टराईसँग एक समय सँगै रहेर काम गरेका नेता खिमलाल देवकोटा बताउँछन् ।

अन्नपूर्ण

विशेष