राजनीति

गच्छदारको लोकतान्त्रिक फोरम ब्यूँताउने प्रयास

गच्छदारको लोकतान्त्रिक फोरम ब्यूँताउने प्रयास

काठमाडौं । अध्यक्ष विजयकुमार गच्छदारसहितका नेता असोज ३० गते नेपाली कांँग्रेसमा समाहित भए पनि केही असन्तुष्ट नेता भने नेपाल लोकतान्त्रिक फोरमलाई ब्युँताउने प्रयासमा लागेका छन् ।

फोरमको तत्कालीन सहअध्यक्ष भानुराम थारू नेतृत्वमा पार्टी ब्युँताउने पहल भएको असन्तुष्ट नेताहरूले बताएका छन् । छलफल नै नगरी एकल निर्णयका आधारमा नेता गच्छदारले पार्टीलाई कांँग्रेसमा मिलाएको घोषणा गरे पनि त्यो पूर्ण रूपमा कार्यान्वयन नहुने तत्कालीन सहअध्यक्ष थारूले बताए ।

दलको चुनाव चिह्न ‘नमस्ते’लाई लिएर आगामी निर्वाचनमा जान समय नपुग्ने भएपछि सङ्घीय समाजवादी फोरमसँग सहकार्य गरेर ‘मसाल’ चुनाव चिह्नमा चुनावमा भाग लिने तयारी भएको थारूले बताउनुभयो । “नेपाली काँग्रेससँग तालमेल र सहकार्यको कुरा भएको थियो तर गच्छदारले पार्टी नै मिलाउने निर्णय गरेपछि हामी बाहिरियौँ” सहअध्यक्ष आफू रहेको दाबी गर्दै थारूले भने ।

पश्चिमको कैलाली र कञ्चनपुरको केही क्षेत्रमा मुख्य पकड रहेको भन्दै सो दलबाट कैलाली–३ बाट आफू प्रतिनिधिसभाको उम्मेदवार बन्न लागेको जानकारी दिए ।
गोरखापत्र

विशेष