विचित्र विश्व

कस्ता श्रीमान श्रीमती हाँसेको भनेर ज्यानै लिए

कस्ता श्रीमान श्रीमती हाँसेको भनेर ज्यानै लिए


एजेन्सी । अमेरिकको अलास्कामा एकजना व्यक्तिले आफ्नी पत्नीको हाँसोसँग रिसाएर हत्या गरेका छन् ।

केनेथ मञ्जानारेस नाम गरेका ती व्यक्तिले क्रुज जहाजमा यात्राका क्रममा आफ्नी ३९ वर्षीया पत्नीको हत्या गरेका हुन् ।

अमेरीकाकाको अलास्कामा उनले हँसाईबाट हैरान भएरै क्रूज जहाजमा पत्नीको हत्या गरेको सुरूवाती अनुसन्धानबाट खुलेको छ । उनले सुरूमा अर्का व्यक्तिमाथि आफ्नी ३९ वर्षीय पत्नी हत्याको आरोप लगाए थिए । त्यो बेला उनकी पत्नीको शव ती व्यक्तिक क्याबिनमाथि भेटिएको थियो । तर पछि पत्नीको हत्या गरेर शव फाल्न खोजिरहेका बेला अर्का ब्यक्तिले देखेको तथ्य बाहिर आएपछि उनलार्इ हिरासतमा लिइएको थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार उनको क्याबिनमा रहेको शव आरोपी पतिले घिसार्दै समुद्रमा फ्याक्नका लगिरहेका थिए । प्रत्यक्षदर्शीले ढिला नगरी महिलाको शवलाई तानेर पछाडि ल्याएका । यसलगत्तै आरोपी पतिलाई प्रहरीले पक्राउ गरेको हो । अरोप प्रमाणित भएको खण्डमा उनले १९ वर्ष सजाय भोग्ने छन् ।

घटनाबारेमा प्रहरीले बयान लिँदा केनेथले पत्नीले आफूलाई उडाउँदै हाँसेपछि रिस उठेको बताएका छन् । पत्नीको व्यवहारका कारण आफ्नो जिन्दगी नै बर्बाद भएको खुसाला उनले गरेका छन् ।

विशेष