भिडियो कुरा: खस्रा मिठा

नेपालमा राजसंस्था ब्यूँतिए– असल (भिडियोसहित)

नेपालमा राजसंस्था ब्यूँतिए– असल (भिडियोसहित)

जल सरोकारका विज्ञ अरुणकुमार सुवेदी राजनीतिक टिप्पणीमा पनि चर्चित हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध, संविधानका अन्तरवस्तु आदिमा सुवेदी तिखो समीक्षा गर्नुहुन्छ । पछिल्लो राजनीतिक घटनाक्रम, पूर्वराजको अभिव्यक्ति आदिबारे उहाँले आफ्नो नियमित भिडियो स्तम्भ ‘कुरा खस्रा मीठा’मा व्यक्त गर्नुभएको धारणाको सार निम्नानुसार छः

 

लोकतान्त्रिक परिपार्टीमा गठबन्धन हुनु अनौठो होइन । वाम र कांग गठबन्धनले मुलुक धु्रवीकरणमा गएको छ । यसलाई आश्चर्य नमाने पनि भयो । यो स्वाभाविक हो । तर यहाँ एक विषय छ जुन अस्वभाविक छ । यो संविधान जारी भएपछि जसले यसलाई अभयदान दिएको थियो त्यही शक्तिले अब यो संविधान कार्यान्वयन गराउन सफल भएको छ । जुन संविधान कार्यान्वयन नुहनु पर्ने थियो, त्यो कार्यान्वयन हुने भयो । यो संविधान कार्यान्वयन हुँदा हामीले भोग्नु पर्ने दुष्परिणाम त हामीले भोग्नै पर्छ ।


 

यो संविधान कार्यान्वयन नहुनु पर्ने थियो भनेर मैले त्यसै भनेको होइन । सबै कुरालाई मिलाउँदै मिलाउँदै बनाइएको संविधान हो यो । मिलाउने क्रममा यति मिलाइयो कि स्त्री र पुरुषको शरिर पनि आपसमा मिलाइयो भने के होला ? अहिलेको संविधान त्यस्तै बनेको छ । महिला र पुरुष मिलाउँदा के बन्छ भन्ने कुरा एक लैगिक अपशब्द जस्तो हुन्छ नाम लिन चाहन्न । संस्कृतमा क्लिभ भन्छन् । अहिलेको संविधान पनि कम्युनिष्टलाई स्वीकार गर्यो । सम्पूर्ण नेपालीको एकीकृत पहिचानलाई अस्वीकार गरियो । कसैको पनि अस्तित्व स्वीकार नगरेको र सबैको अस्तित्व स्वीकार नगर्ने शर्तहरुलाई स्वीकार गरेको संविधान हो यो । नेपालको सांस्कृति पहिचान विरोधी, छिमेकद्रोही, अखण्डताविराधी राजनीतिक दस्तावेज हो ।

नेपालमा भएको सांस्कृतिक अतिक्रमण, दक्षिणीसीमामा हुने गतिविधिले भारतको आन्तरिक सुरक्षा र चीनको आन्तरिक सुरक्षामा गम्भीर असर परिसकेको छ । हाम्रो संघीयता पनि विध्वंसात्मक छ । पहिचानको मुद्धा ठूलो थियो । पहिचान बिनाको संघीयता हो । यसले विध्वंसात्मक छ । पहिचानका आधारमा राज्य बनाउनु पथ्र्यो । टर्कीमा ८१ वटा प्रान्त छन् । पहिचानका आधारमा प्रान्त बन्न सक्थ्यो ।  संघीयताले पहिचानलाई अस्वीकार गरेको र मुलुक विघटन गराउने गरी यो संविधान प्रेरित छ ।


..
सहज ढंगले मुलुक अगाडि बढ्यो भने केही महिनामा मुलुकमा नयाँ सरकार बन्छ । नेपालमा धेरै शक्तिकेन्द्रको खेलो फड्को छ । धेरै किशिमका चासोहरुले खेल्छन् । नेपालमा गोराहरुको इच्छाअनुसार निर्वाचन हुने हो । कार्यान्वयन पनि उनीहरुकै चाहनाले भइरहेको छ । यसो भयो भने कांग्रेसका लागि सुसाइड एक्सन नै हो । कांग्रेसका नेताहरुको राजनीतिक र कानुनी दूर्दशा पनि भोग्नु पर्ने छ ।

..
पूर्वराजाले राष्ट्रिय उत्सव, सांस्कृति उत्सवमा वक्तव्य बम पड्काउँछन् । उनले जिम्मेवार नागरिकको हैसियतले जिम्मेवारी लिन तयार छु भनेका छन् । जुन स्वभाविक पनि हो । यति भन्न पाइन्छ । यसमा महत्वपूर्ण कुरा अर्को पनि छ । त्यो के हो भने नेपालमा गणतन्त्रको पहिलो प्रस्तावक गिरिजाप्रसाद कोइराला नै हुन् । र पहिलो स्वीकारकर्ता राजा ज्ञानेन्द्र नै हुन् । अहिले आएर पनि राजाले नेपालको नागरिक हु भनेपछि उनले कुनै दाबी गरेको देखिएन । उनले पृथ्वीनारायण शाहका वंशज, नेपालको राजसंस्थाको अन्तिम उत्तराधिकारीको हैसियतले अहिले पनि नेपालमा राजसंस्थाको आवश्यकता छ । यसका लागि सबैलाई आह्वान गर्छु त भनेका छैनन पूर्वराजाले । यसकारण यो विषयमा धेरै रहस्यमय विषयहरु केही पनि छैनन ।

 

नेपालमा अनौठा अनौठा फ्युजन हुन्छन् । मैले धेरै अगाडि भनेको थिएँ कि केपी ओलीको राष्ट्रवाद डुल्दै डुल्दै ज्ञानेन्द्रको आँगनमा पुग्यो भने अनौठो नमान्नु होला । जहाँसम्म राजसंस्था पुनस्र्थापना गर्ने कुरा छ, नेपालमा केही गाह्रो छ । किनभने नेपालमा धर्मनिरपेक्षता र गणतन्त्र त जनताको माग थिएन । पश्चिमाको चाहना बमजिम लादिएको हो । उनीहरुकै चाहना बमोजिम अहिले संविधान कार्यान्वयन भइरहेको छ । अहिले यो परिवेशमा नेपालमा राजसंस्था पुनस्र्थापित होला भन्ने म ठान्दिनँ । पश्चिमाहरुले प्रयास नगरी नेपालमा राजसंस्था आउँदैन । आयो भने असल ।

कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष