राजनीति

बाबुरामलाई गृहजिल्लाबाटै छाडे जिल्ला नेताले, माओवादीमा प्रवेश

बाबुरामलाई गृहजिल्लाबाटै छाडे जिल्ला नेताले, माओवादीमा प्रवेश

काठमाडौं । गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य जीत बहादुर घले, तमु परिषदका केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा जीत बहादुर घले, बल बहादुर घले, वाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला वामपन्थीहरुको किल्ला भएको बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं १ का उम्मेदवार हरिराज अधिकारीलगायतका नेताहरु उपस्थित थिए ।

विशेष