राजनीति

निर्वाचन हुने नहुनेमा प्रचण्ड नै अन्यौलमा, भन्छन्, ‘चुनाव नभए विघटित संसद ब्यूँतिन्छ’

निर्वाचन हुने नहुनेमा प्रचण्ड नै अन्यौलमा, भन्छन्, ‘चुनाव नभए विघटित संसद ब्यूँतिन्छ’

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने सर्वाेच्च अदालतको आदेशका कारण घोषित निर्वाचन हुने नहुने भन्ने आशंका बढिरहेका बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषित चुनाव नभए विघटित संसद ब्यूँतिने दाबी गरेका छन् ।

बिहीबार माओवादी नेता लक्ष्मण पन्तको पुस्तक ‘अधुनिक नेपालको इतिहास’ विमोचन गर्दै प्रचण्डले भने, ‘मनोनयन गर्दा भइसकेको अवस्थामा निर्वाचन रोकियो भने संसद ब्यूँतिन्छ, त्यसो भयो भने स्थिति जटिल हुन्छ । हामीलाई विश्वास छ सर्वोच्चले यो बुझ्नेछ ।’

प्रचण्डले सर्वोच्चको आदेशबारे धारणा सार्वजनिक गर्न एमाले र माओवादीले संयुक्त पत्रकार सम्मेलन गर्ने जानकारी पनि दिए ।

विशेष