राजनीति मुख्य समाचार

कांग्रेसले शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगायो, कहाँबाट को को ?

कांग्रेसले शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगायो, कहाँबाट को को ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री सशांक कोइराला नवलपुर १, पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट लड्ने निर्णय गरेको हो । 

यसैगरी, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छदार सुनसरी ३, नेता गोपालमान श्रेष्ठ स्याङजा २, पूर्णबहादुर खड्का सुर्खेत १, ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४, महेश आचार्य मोरङ ४ र शेखर कोइराला मोरङ ६ बाट उम्मेदवार बन्ने निर्णय गरेको छ ।

यसैगरी, मिनेन्द्र रिजाल मोरङ २, रमेश रिजाल पर्सा ४, एनपी साउद कन्चनपुर २, रमेश लेखक कन्चनपुर ३, गगन थापा काठमाडौं ४, प्रकाशशरण महत काठमाडौं ५, नविन्द्रराज जोशी काठमाडौं ८, नारायण खड्का उदयपुर १, नारायण कार्की उदयपुर २, अर्जुन जोशी पर्वत र फर्मुल्ला मन्सुर बारा ३ बाट उम्मेदवार बन्ने संसदीय समितिले निर्णय गरेको छ ।

 

 

विशेष