राजनीति

पहिलेका सहकर्मी, अहिलेका प्रतिस्पर्धी

पहिलेका सहकर्मी, अहिलेका प्रतिस्पर्धी

दोलखा । कांग्रेसका रुद्रबहादुर खडका र एमालेका पार्वत गुरुङ एउटै गाउँपालिकाका बासिन्दा हुन् । उनीहरू आसन्न प्रतिनिधिसभा चुनावका लागि दुई फरक पार्टीबाट आम्नेसाम्ने भएका छन् ।

कांग्रेस अगुवा जिपछिरिङ लामाले इच्छा नदेखाएपछि खडकाले मौका पाउनु र निकै घम्साघम्सीपछि एमालेका गुरुङले टिकट पाउनुलाई ‘भाग्यको संयोग’ ठान्नेहरू पनि प्रशस्तै छन् । यी दुईबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने मतदाताबीच चर्चा छ ।

जिल्लामा यसअघिका अधिकांश चुनावी नतिजा एमालेको पक्षमा गएको छ । त्यही परिणामका आधारमा गुरुङ आफूलाई बलिया उम्मेदवार ठान्छन् । खडका भने परिस्थितिले कोल्टे फेरेको र मतदाताले परिवर्तन खोजेकाले आफ्नो अवस्था मजबुत भएको बताउँछन् ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष