राजनीति

जिम्मेवारीमा मन्त्री-राज्यमन्त्रीवीच विवाद

जिम्मेवारीमा मन्त्री-राज्यमन्त्रीवीच विवाद

काठमाडौं । वन मन्त्रालयमा मन्त्री विक्रम पाण्डे र राज्यमन्त्री कमलादेवी शर्माबीच जिम्मेवारी बाँडफाँटको विषयमा विवाद भएको छ । दुवै नेता राप्रपा प्रजातान्त्रिक बाट मन्त्री बनेका हुन् ।

राज्यमन्त्री शर्मा आफूलाई विगतका राज्यमन्त्रीलाई जस्तो हैसियतअनुसारको जिम्मेवारी नदिइएको भन्दै राज्यमन्त्री शर्मा मन्त्री पाण्डेसँग असन्तुष्ट छिन् । ‘दुईरतीनपटक जिम्मेवारी चाहियो भनेर मन्त्रीज्यूसँग भनेकी हुँ,’ राज्यमन्त्री शर्माले कान्तिपुरसँग भनिन्, ‘विगतका राज्यमन्त्रीले पाएजस्तो हैसियतअनुसारको जिम्मेवारी मैले पाएकी छैन, पाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

वन मन्त्रालयमा वन, राष्ट्रिय निकुञ्ज, वनस्पति, भूसंरक्षण र वन अनुसन्धान गरी ५ वटा विभाग छन् ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष