राजनीति

विप्लवको उद्घोष एमाले–माओवादी गठबन्धन भारत र अमेरिकाले रोपेको विउ

विप्लवको उद्घोष एमाले–माओवादी गठबन्धन भारत र अमेरिकाले रोपेको विउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको वाम गठबन्धन भारत र अमेरिकाले रापेको विउ भएको आरोप लगाएका छन् ।

अक्टोबर क्रान्ति दिवसको अवसरमा बुधबार काठमाडौमा आयोजित आम सभालाई सम्बोधन गर्दै महासचिव चन्दले एमाले र माओवादीको गठबन्धनलाई ‘दाम र नामका लागि भएको गठबन्धन’ को संज्ञा दिए । एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उनीहरुले भनेको जस्तो साम्यवाद नभई अहिलेको भन्दा पनि खतरानाक पूँजीवाद आउने उनको भनाई छ ।

चुनावको डङ्का पिटेर, चुनावको हल्ला गरेर जनताको ध्यान अन्यत्र मोड्न चाहेको आरोप लगाउँदै आफ्नो पार्टीले हिंसा र युद्ध थोपर्न खोजेको आरोप लगाइने गरे पनि यो सत्य नभएको दावी गरे ।

विशेष