राजनीति

कांग्रेसले टुंगो लगायो २१ स्थानमा प्रतिनिधी सभामा उम्मेदवार हुने शीर्ष नेताको नाम (नामावलीसहित)

कांग्रेसले टुंगो लगायो २१ स्थानमा प्रतिनिधी सभामा उम्मेदवार हुने शीर्ष नेताको नाम (नामावलीसहित)


काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको २० उम्मेदवारको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पहिलो चरणमा शीर्ष नेता र जिल्लाबाट सर्वसम्मत सिफारिश भएका नाममा सहमति जुटाएको हो । कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुराबाट, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहूँ १ बाट, महामन्त्री डा. सशांक कोइराला नवलपुर १ बाट, विजयकुमार गच्छदार सुनसरी ३ बाट र विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार हुनेछन् ।

त्यस्तै प्रकाशमान सिंह काठमाडौं १, गोपालमान श्रेष्ठ स्याङ्जा २, पूर्णबहादुर खड्का सुर्खेत १, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, महेश आचार्य मोरङ ४, डा. शेखर कोइराला मोरङ ६, डा.मिनेन्द्र रिजाल मोरङ २, एन.पी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नेछन् । त्यस्तै डा. प्रकाशशरण महत काठमाडौ ५, गगन थापा काठमाडौं ४, नवीन्द्रराज जोशी काठमाडौं ८, डा. नारायण खड्का उदयपुर १, नारायण कार्की उदयपुर २ र अर्जुन जोशी पर्वतबाट उम्मेदवार तोकिएका छन् ।

लोकतान्त्रिक गठबन्धनमा हुने बाँडफाँडपछि अन्य उम्मेदवारको टुङ्गो पनि छिट्टै लाग्ने नेता खाँडले बताए । उम्मेदवारबारे निर्णयमा पुगेपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी छ ।

विशेष