राजनीति

पहिलो चरणमा निर्वाचन हुने यी हुन् अति संवेदनशील क्षेत्र

पहिलो चरणमा निर्वाचन हुने यी हुन् अति संवेदनशील क्षेत्र


काठमाडौं । पहिलो चरणको निर्वाचन हुने अधिकांश जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको गृह मन्त्रालयको निष्कर्ष छ ।

दलहरुबीच ध्रुवीकरण बढेको र निर्वाचनविरोधी शक्ति निस्क्रिय देखिएकाले निर्वाचनमा मुख्य सुरक्षा चुनौती प्रतिश्पर्धी दलका उम्मेदवारका समर्थकबीचको झडप नियन्त्रण रहेको सुरक्षा निकायको निष्कर्ष छ ।

केन्द्रीय तहका नेता उम्मेदवार बनेका गोरखा, नुवाकोट, सिन्धुपाल्चोक र पूर्वका जिल्लाको सुरक्षालाई गृहले बढी प्राथमिकता दिएको छ । सुरक्षा रणनीतिबारे जानकार अधिकारीका अनुसार ताप्लेजुङ १, भोजपुर १, ओखलढुंगा १, नुवाकोटका दुबै क्षेत्र, सिन्धुपाल्चोकका दुवै क्षेत्र, गोरखाका दुबै क्षेत्र, मनाङ १, रुकुम र रोल्पा, जाजरकोट १ र रुकुम पश्चिम १ सुरक्षाका दृष्टिले बढी समवेदनशील छन् ।

नागरिक

विशेष