राजनीति

नेमकिपाले कसैसँग तालमेल नगर्ने

नेमकिपाले कसैसँग तालमेल नगर्ने


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग ताममेल नगर्ने बताए ।

नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आग्रह गरिरहेको समयमा बिजुक्छेले भक्तपुरका सञ्चारकर्मीलाई आफ्नो पार्टी कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने बताए ।

‘थ्रेस होल्ड’को आलोचना गर्दै उनले यसको नेमिकपाले प्रतिरोध गर्ने बताए । जातजातिको कुरा गर्ने जातीय पार्टी, धर्मको कुरो गर्ने धार्मिक पार्टी र देश विदेशको विषय उठाउने राष्ट्रिय पार्टी हुने टिप्पणी गर्दै उनले भने, “नेमकिपा हिजो पनि राष्ट्रिय पार्टी थियो, आज पनि छ र भोलि पनि राष्ट्र र राष्ट्रियताको हितमै काम गर्ने पार्टी भएकाले राष्ट्रिय पार्टी हुन्छ ।”

विशेष