पशुपति शमशेर राणा कस्ता मान्छे हुन् भन्ने जान्न यो पढौं
काठमाडौं । सिन्धुपाल्चोकबाट पञ्चायतकालमा दुईपटक रापंसमा चुनिएका पशुपतिशमशेर राणा त्यही बेला पटकपटक मन्त्री भए । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका साख्खै नाति उनी आउँदो चुनावमा लोकतान्त्रिक गठबन्धनको समर्थनमा राप्रपा प्रजातान्त्रिकको तर्फबाट सिन्धुपाल्चोकबाट उठेका छन् ।
उनी दरबार हत्याकाण्डताका तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिकाका रूपमा चर्चित युवती देयवानी राणाका पिता हुन् ।
भारतको सिन्धिया खानदानका ज्वाइँ यिनलाई सिन्धुपाल्चोकका कतिपय जनताले अहिले पनि ‘राजासाहेब’ मात्र नभएर हेलम्बुका शेर्पिनीहरू आफ्नो छोरोका रूपमा समेत लिन्छन् । राणा स्वयं हेलम्बुका शेर्पिनीहरूलाई धाईआमा भन्छन् । २०४८ सालदेखि उनी निरन्तर सिन्धुपाल्चोकबाट सांसदमा उठ्दै आएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनताका चर्चित महाकाली सन्धिको समयमा उनी जलस्रोतमन्त्री रहेका थिए ।
अन्नपूर्ण पोस्ट्बाट