राजनीति

कृष्णप्रसाद सिटौला समानुपातिक उम्मेदवार, यस्तो छ कारण

कृष्णप्रसाद सिटौला समानुपातिक उम्मेदवार, यस्तो छ कारण

काठमाडौ । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई प्रत्यक्षमा उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

उनलाई पार्टीले समानुपातिक सूचीको १ नम्बरमा राखेको छ । समानुपातिक सूचीमा राखिएकोप्रति सिटौलाले पार्टी नेतृत्वसँग असन्तुष्टिसमेत पोखे । ‘म जत्तिको नेता समानुपातिकमा बस्न मिल्दैन ।

यो मेरो कल्पना बाहिरको विषय हो, मैले सभापतिजीलाई साथीहरूको भावनासहित प्रत्यक्षमा उठ्ने विचार राखेको छु,’ सिटौलाले  भने, ‘आइतबारसम्म निर्णय होला ।’

आफू नेपालबाहिर रहेका बेला समानुपातिक सूचीमा आफ्नो नाम राखेको सुन्दा स्तब्ध भएको सिटौलाले बताए । ‘नेपाल फर्कनासाथ मैले सभापतिजीलाई भनें, त्यसपछि जिल्ला गएर साथीहरूको भावना पनि बुझें,’ उनले भने, ‘सबै साथीहरूले चुनाव लड्न सुझाव दिनुभएको छ

। आजको कान्तिपुरमा खबर छ ।

विशेष