विचित्र विश्व

यो हो २ सय वर्ष पूरानो कण्डम

यो हो २ सय वर्ष पूरानो कण्डम

एजेन्सी । आजको यस जमानामा मानिसहरु कण्डमको नाम लिन पनि लजाउँने गर्छन् । तर तपाईलाई थाहा नहुनसक्छ आजभन्दा करिब २०० वर्ष अगाडिदेखि कण्डमको प्रयोग हुँदै आइरहेको छ ।   

एक जना व्यक्तिले २०० वर्ष पुरानो त्यो पनि प्रयोग भएको कण्डम किनेका छन् । उक्त कण्डमको मुल्य ४६ हजार किनेका हुन् । पुरानो समयमा मानिसहरु भेडा तथा सुँगुरको छालाबाट कण्डम बनाउने काम गर्थे र प्रयोग गर्थे । आखिर उक्त कण्डमको मुल्य किन यति महँगो ?  तपाई प्रयोग नभएको कण्डम त छुन लजाउनु हुन्छ भने प्रयोग कण्डम देख्नुभयो भने झनै पर भाग्नुहुन्छ ।

खासमा यो प्रयोग भएको कण्डम निकै दुर्लभ कण्डम हो । यो कण्डमको लम्बाइ पनि सामान्य कण्डमभन्दा धेरै ठुलो रहेको छ । यो कण्डम १९ सेन्टिमिटर लामो छ ।   यो कण्डमलाई अनलाइन मार्फत लिलाममा राखिएको थियो ।  १८ औ र १९ औ शताब्दीमा छालाबाट बनेका कण्डमहरुको ज्यादादर प्रयोग हुने गथ्र्यो । समयको परिवर्तनसँगै प्लाष्टिकका कण्डमहरुले बजार बनाए जुन निकै सस्ता पनि रहेका छन् ।

विशेष