राजनीति मुख्य समाचार

प्रचण्ड ओली विरुद्ध अपहेलना मुद्धा, जेल सजाय हुन सक्ने

प्रचण्ड ओली विरुद्ध अपहेलना मुद्धा, जेल सजाय हुन सक्ने

काठमाडौं । सर्वोच्च अदालतले दिएको आदेशको पत्रकार सम्मेलन गरेर आलोचना गरेको भन्दै एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाका तर्फबाट वारेस मार्फत अवहेलना मुद्दा दायर गरिएको हो । सर्वोच्चको एकल इजलासले प्रत्यक्षतर्फअलग- अलग मतपत्र बनाउनुपर्ने विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो । सो आदेश विरुद्ध ओली र दाहालले पत्रकार सम्मेलन गर्दै अदालतलाई चेतावनी दिएको जिकिर गरिएको छ।

अदालतमा विचाराधीन रहेको विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संविधानको व्यवस्था विपरीत दाहाल र ओलीले पत्रकार सम्मेलन गर्दै अदालतको अवहेलना गरेको निवेदनमा जिकिर गरिएको छ । उनीहरुलाई जनही १० हजार जरिवाना र एक वर्ष कैदको माग पनि गरिएको छ । सर्वोच्चको नियमावली अनुसार कैद र जरिवानाको सजाय गर्न माग गरिएको हो।

अदालतको अवेहलना गरेको ठहर भएमा उनीहरुलाई सजाय हुनेछ । अवहेलनामा सजाय हुनु फौजदारी कसुर मानिन्छ । मतपत्र निर्माण गर्ने आयोगको निर्णयमा कानुन पालना गर्नू भनी अदालतबाट जारी भएको आदेश विरुद्ध सार्वजनिक पत्रकार सम्मेलन गरेर अदालतलाई होच्याएको दाबी निवेदनमा गरिएको छ ।

विशेष