राजनीति

वाम गठबन्धनमा सिट बाँडफाँटको टुङ्गो लाग्दै

वाम गठबन्धनमा सिट बाँडफाँटको टुङ्गो लाग्दै

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले निर्वाचन क्षेत्र बाँडफाँटको काम करिब–करिब टुङ्ग्याएका छन् ।

लामो प्रयास र छलफलपछि दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामध्ये प्रतिनिधिसभाअन्तर्गत केही जिल्लाबाहेक सिट बाँडफाँट सकिएको जानकारी नेताहरूले दिए । त्यस्तै, प्रदेशसभातर्फको सिट बाँडफाँट पनि करिब टुङ्गो लागेको बैठकमा सहभागी नेताहरूले बताए ।

सहमतिअनुसार दोस्रो चरणमा चुनाव हुने प्रतिनिधिसभाको १२८ निर्वाचन क्षेत्रमध्ये ११५ निर्वाचन क्षेत्रमा कसले चुनाव लड्ने भन्ने टुङ्गो लागेको छ । त्यसमध्ये एमालेका लागि ६८ सिट र माओवादीका लागि ३६ सिटमा सहमति जुटाइसकिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

सहमति जुटेका ११५ सिटमध्ये स्वतन्त्रलाई १० र राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको समेत टुङ्गो लागेको छ । चितवन, सल्यान लगायतका जिल्लाबाहेक अन्य सबै ठाउँमा सिट बाँडफाँट सकिएको नेता पाण्डेले जानकारी दिए । पहिलो चरणमा हुने प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्रमध्ये एमालेले २१ स्थानमा र माओवादीले १६ स्थानमा प्रतिस्पर्धा गर्दैछन् ।

गोरखापत्र

विशेष