राजनीति

यस्तो छ रबीन्द्र मिश्रको भोट माग्ने शैली

यस्तो छ रबीन्द्र मिश्रको भोट माग्ने शैली


काठमाडौ । बिहान ९ पनि नबज्दै विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं १ का उम्मेदवार रबीन्द्र मिश्र मैतीदेवी चोकमा झुल्किए ।

उनका पछिपछि दुई दर्जनजति कार्यकर्ताको हुल थियो । मत माग्न हिंड्ने उम्मेदवारहरुको सानातनी शैलीमा मिश्र थिएनन् ।
न उनको घाँटीमा माला थियो न नारा लगाइरहेका कार्यकर्ताको भीड ।

न झन्डा, न चर्को भाषण । चोकैको एक किराना पसलमा छिरेका मिश्रले साहुजी राजेन्द्र महर्जनलाई नमस्कर गरे । आफ्नो परिचय दिए र आफ्नै शैलीमा भने, ‘यो बाटोको धुलो खाने तपाई हामी जनताले हो । तर उपचारमा विदेश जाने त नेताहरु नै हुन् । मिश्रको कुरा सुनेर महर्जनले टाउको हल्लाए र भने,‘हो नि’ सुख पाउने नेताले, दुःख पाउने जनताले।’

बीबीसी नेपाली सेवाबाट लामो समय पत्रकारिता गरेकै कारण मिश्र सडकमा हिँड्ने धेरैका निम्ति परिचित देखिएका थिए । तर नयाँ राजनीतिक दल भएकै कारण मिश्रको दलको तराजु चुनाव चिह्न भने धरैका निम्ति नयाँ थियो ।

कपडा पसल गरेर बसेका सुमन श्रेष्ठ मिश्रलाई देख्ने बित्तिकै हुर्रिएर आए ‘तपाईँको सबै कार्यक्रम सुन्ने गर्थेँ’ भन्दै सुमनले मिश्रलाई खादा लगाइदिए ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष