राजनीति

प्रधानमन्त्री देउवाले विनोद चौधरीलाई यस्तो पत्र पठाएर काँग्रेसमा भित्र्याए

प्रधानमन्त्री देउवाले विनोद चौधरीलाई यस्तो पत्र पठाएर काँग्रेसमा भित्र्याए

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाएर उद्योगी विनोद चौधरीलाई कांग्रेसमा स्वागत गरेका छन् । एमालेसँग निकट रहेका उद्योगी चौधरीलाई पार्टीमा भित्र्याउन प्रधानमन्त्री देउवाले औपचारिक पत्र नै पठाएका हुन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रको आर्थिक समृद्धि लोकतन्त्रवादीको प्रमुख एजेन्डा रहेकाले त्यसलाई साकार पार्न उद्योगी चौधरीले उल्लेखनीय योगदान गर्न सक्ने पत्रमा उल्लेख गरेका छन् ।

आर्थिक विकासको अभियानमा प्रेरणादायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ । तपाईंको सबल, सक्षम र सबैलाई परिचालन गर्न सक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्नमा प्रभावकारी योगदान पुग्ने विश्वास लिएको छु । देउवाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

आर्थिक विकासका लागि लगानीको वातावरण बनाउनुपर्ने आवश्कता भएको र त्यसका लागि आवश्यक सल्लाह सुझाव र अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन समेत चौधरीको नेतृत्वदायी भूमिका आवश्यक रहेको पत्रमा उल्लेख छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायत संस्थामा क्रियाशील व्यक्तिहरुलाई कांग्रेसमा समाहित गराउन चौधरीले भूमिका निर्वाह गर्नुपर्ने आग्रह देउवाले पत्रमार्फत गरेका छन् ।

उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसूचीमा समावेश भइसकेको छ । चौधरी ०६४ सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिक सांसद बनेका थिए ।

विशेष