राजनीति

मतदाता ओसार्न जहाज चार्टर

मतदाता ओसार्न जहाज चार्टर

काठमाडौं । निर्वाचन आचारसंहिताको दफा ५ खण्ड खले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् ।

तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी पार्टी नेता, कार्यकर्ता र मतदाता ओसार्न बाध्य छन् ।

वाम गठबन्धनका तर्फबाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका छिमी लामालाई पार्टी कमिटीले काठमाडौंबाट ल्याउनुपर्ने २ सय मतदाताको सूची बुझाएको छ ।

शुभेच्छुक मतदाताको पनि ५० प्रतिशत हवाइ भाडा आफूले ब्यहोर्नुपरेको उनी सुनाउ‘छन् । प्रचार सामग्री ओसार्न महँगो हवाइ भाडा खर्चनु छँदै छ ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष