राजनीति मुख्य समाचार

कांग्रेसको घोषणापत्र, वाम गठबन्धनप्रति आक्रामक

कांग्रेसको घोषणापत्र, वाम गठबन्धनप्रति आक्रामक

काठमाडौं । कांग्रेसले एमाले- माओवादी वाम गठबन्धनविरुद्ध डटेर लड्न देशभरका लोकतन्त्रवादी शक्तिलाई आह्वान गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तायर पारेको घोषणापत्रमा कांग्रेसले कम्युनिष्ट गठबन्धनले संसदीय प्रणाली नै संशोधन गरी राष्ट्रपतीय प्रणालीको माध्यमबाट एकदलीय कम्युनिष्ट शासन भित्र्याउन खोजेको आरोप लगाएको छ ।

कांग्रेसले यही विषयलाई मुख्य चुनावी मुद्दा बनाउँदै लोकतन्त्रवादीको मत आफूतिर आकर्षित गर्ने प्रयास गरेको छ। घोषणापत्र मंगलबार सार्वजनिक हुँदैछ। कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधक शक्ति भनेको छ।

मधेस र पहाडका बीच मतभेद चर्काउने, मधेसी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतन्त्रिक अभ्यासलाई ठूलो क्षति पुर्‍याएको छ, कांग्रेसले भनेको छ ।

माओवादी केन्द्र सत्ता पक्षमा पनि साझेदार हुने र प्रतिपक्षसँग गठबन्धनमा पनि हिंस्सेदार हुनुलाई अनैतिक र षड्यन्त्रकारी भूमिकाका रुपमा कांग्रेसले लिएको छ।

कान्तिपुर 

विशेष