राजनीति

एमाले र माओवादी एकतामा नयाँ शक्तिको पनि साथ

डा. भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने

एमाले र माओवादी एकतामा नयाँ शक्तिको पनि साथ

काठमाडौं । एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा नयाँ शक्ति पार्टी पनि सहभागी भएको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्न पनि सहमत भएका छन् । 

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग भेटेका थिए । सो भेटमा डा. भट्टराईले एकतामा नयाँ शक्ति पनि होमिने र आफू सूर्य चिन्हबाट चुनाव लड्न सहमत भएको बताएका थिए । उनले नयाँ शक्ति पार्टी सूर्य चुनाव चिन्हबाटै चुनाव लड्न राजी भएको पनि बताएका थिए ।

तर, एमाले र माओवादीबीच भने चुनाव चिन्हबारे सहमति हुन बाँकी छ । सूर्य चिन्हबाट चुनाव लड्दा फरक दलको अस्तित्व नहुने भएकाले माओवादी तालमेल गरेर पनि आफ्नै चुनाव चिन्ह हसिया हथौडा लिएर चुनावमा जाने योजनामा छ ।

 

विशेष