राजनीति

प्रचण्ड भन्छन् - पार्टी एकता १० बर्से पुरानो प्रयास (भिडियोसहित)

प्रचण्ड भन्छन् - पार्टी एकता १० बर्से पुरानो प्रयास  (भिडियोसहित)

काठमाडौं, असोज १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले तीन दलबीच भएको सहमतिलाई निरन्तरतामा क्रम भङता र नेपाली इतिहासमा एतिहासिकको क्षण भएको बताएका छन ।

बृहत वाम एकता तथा आगामी चुनाबमा एमालेसहितको चुनाबी तालमेल र पार्टी एकताबारे जानकारी दिन मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो अभियान कसैप्रति लक्षीत नभएको पनि प्रष्ट पारेका छन ।

अहिलेको गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएको पनि उनले बताए । उनले भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’

देशको सग्रह राजनीतिक र आर्थिक विकासका लागि एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्देश्यका साथ एमाले र नयाँशक्ति पार्टीबीच चुनाबी तालमेल हुँदै पार्टी एकता प्रकिया अभियान शुरु गरिएको बताए । प्रचण्डले पार्टी एकता १० बर्से पुरानो आफ्नो प्रायस भएको बताए ।  

यो अभियान नेपाल, नेपाली जनता र अहिलेको राष्ट्रिय आवश्यकता भएकाले अगाडि बढाएको बताए । माओवादीे जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको सम्मान गर्दै देशलाई सम्बृद्ध र समुन्न बनाउन वाम एकता आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताए ।

 

विशेष