लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय
काठमाडौं । एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि नेपाली कांग्रेसले पनि आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यास्तो निर्णय गरेको हो । बैठकमा नेताहरुले अब लोकतान्त्रिक गठबन्धन बनाउनेको विकल्प नभएको धारणा राखेका थिए ।
कांग्रेसले लोकतान्त्रिक गठबन्धनका लागि राष्ट्रिय जनता पार्टी नेपालसहितका अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसले बताएको छ ।