भिडियो कुरा: खस्रा मिठा

वाम एकताले अब चीन पनि नेपालबाट टाढिन्छ, अति गलत भयो (भिडियोसहित)

वाम एकताले अब चीन पनि नेपालबाट टाढिन्छ, अति गलत भयो (भिडियोसहित)

राजनीतिलाई केही फरक र धारिलो टिप्पणी गर्न रुचाउनु हुने विश्लेषक अरुण सुवेदीले वाम एकताको सन्दर्भ लामो समयको प्रशिक्षणबाट सम्भव भएको बताउनु भएको छ । विशेषतः दुई वाम पार्टी र कम्युनिष्ट छाडेर फेरि कम्युनिष्टमै ‘सति जानु भएका’ डा. बाबुराम भट्टराईप्रति विश्लेषक सुवेदीको स्पष्ट धारणा छ । नेपाल आजको आफ्नो नियमित स्तम्भ ‘कुरा खस्रा मीठा’मा उहाँले राख्नु भएका धारणाको मुख्य अंश निम्नानुशार छन्ः

नेपालका कम्युनिष्टहरु आपसमा मिल्ने कुरा पहिलेदेखि कै हो । यो विषयको प्रशिक्षण धेरै अघिदेखिको हो । संविधान जारी हुनुअघि केपी ओलीका जे जस्ता अडान थिए, ती अडानले संविधान जारी हुने सम्भावना कम थियो । उहाँले नाटकीय ढंगले राजनीतिक ‘मोड’ परिवर्तन गरेर असम्भवलाई सम्भव बनाइदिनु भयो । त्यो घटना जे कारणले सिर्जना भयो, ठीक त्यही कारणले अहिले उहाँ माओवादीसँग पार्टी एकतासम्मको अवस्थामा पुग्नुभएको छ ।

 

यसमा मुख्यतः युरोपेली, अमेरिकी र भाजपाका प्रतिपक्षी शक्तिले यसो गराएका हुन् । जसरी नरेन्द्र मोदी नेतृत्वको भारतलाई नेपालबाट ‘आइसोलेट’ गरियो, त्यसै गरी अब चीनलाई पनि गरिन्छ । अहिलेको घटना चीनले गराएको प्रचारबाजी हुनेछ ।

 

सुनिए अनुशार भारतले हिसाब देखाउन नपर्ने जासुसी खर्च कटौती गरेको छ । जसका कारण नेपालका केही मानिसहरु अप्रत्याशित रुपमा भारतीय हन्डीबाट विमुख भए । अहिले उनीहरु भारतविरोधी पनि देखिएका छन् । भारतले पैसा छरेको ठाउँमा अहिले युरोपेली युनियन र अन्यले खर्च गर्न थालेका छन् । फलस्वरप अहिले तराईमा पनि भारत कमजोर बनेको छ । अमेरिका र चीनको कर्पोरेट सेक्टरबाट फन्डिग हुने गरेको सुनिन्छ । कृष्णबहादुर महराले ५० करोड मागेको कुरा सुनिएकै हो । यसकरण अहिलेको परिवेशमा मोदीको खेल छैन ।

 

तर सम्भावना हुँदै नभएको भने होइन । भारतीय संस्थापनको पैसा खाएर नेपालमा भारतकै विरोध गर्ने, भारतलाई सधै नेपालबाट खतरा देखाउने प्रपञ्च पनि हुन सक्छ । यसोभयो भने भारत सधै नेपालमा हस्तक्षेपका लागि तयार हुन सक्छ । यो राम्रो होइन ।

 

नेपालमा भारतले फुटाऊ र राज गर अनि जुटाऊ र राज गरको रणनीति लिएकोछ । १२ बुँदे, ४६ सालको आन्दोलन आदिमा यस्तै देखियो । मंगोलीयामा चीनको नीति, रसियाले छिमेकीसँग गरेको व्यवहारले ठूला राष्ट्रले छिमेकी साना राष्ट्रलाई यस्तै गर्दा रहेछन् ।

 

अहिलेको नेपालको परिघटना मोदीको हारका रुपमा आउन सक्छ । तर यसको वृहत्तर नीति भनेको नेपालबाट भारतलाई आयसोलेट गरिसकेपछि चीनलाई पनि आइसोलेट गर्ने अति नै महत्वपूर्ण कडी हो ।

 

अब एमाले, माओवादी र नयाँ शक्ति केन्द्रको तालमेल पछि कांग्रेसमा पनि एकताको दबाब परेको छ । मधेसी दलसँग तालमेल  गर्नु भनेको कांग्रेसका लागि आत्मघाती हो  । तराई मधेसीलाई दिने, पहाडमा राप्रपासँग तालमेल गर्दा  कांग्रेसले के पाउने ? बुद्धि भए कांग्रेस एक्लैले चुनाव लड्नु पर्छ । 

कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष