राजनीति मुख्य समाचार

कांग्रेसमा कुरा मिलेन अर्को बैठक चार बजे बस्ने

कांग्रेसमा कुरा मिलेन अर्को बैठक चार बजे बस्ने


काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अपराह्न ४ बजे फेरि बस्नेगरी बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको छ ।सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो । आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउनेबारे पनि छलफल हुने बताइएको छ ।

एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ

विशेष