राजनीति

मिल्ने भए उपेन्द्र यादव र महन्थ ठाकुर, आगामी चुनावमा तालमेल गर्ने

मिल्ने भए उपेन्द्र यादव र महन्थ ठाकुर, आगामी चुनावमा तालमेल गर्ने

काठमाडौं । कांग्रेस नेतृत्वमा मधेसवादी दल सहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राजपा गठबन्धन बनाएर चुनाव लड्न सहमत भएका छन् ।

फोरम र राजपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेका हुन् । यी दुवै दलले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको नाम नलिई, अन्य गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय सार्वजनिक गरेका छन् ।

मधेसवादी दुई ठूला दलको यो निर्णयसँगै अब उनीहरुले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन पनि संयुक्त दावी पेश गर्नेछन् । फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शुक्रवार संयुक्त वक्तव्यमार्फत गठबन्धन तथा तालमेल गर्नुप परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने जनाएका हुन् ।

विशेष