राजनीति

राजीनामाको टुंगो नलाग्दै डिआइजी सिलवाल एमालेमा प्रवेश

राजीनामाको टुंगो नलाग्दै डिआइजी सिलवाल एमालेमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल प्रहरी प्रमुख ‘आइजिपी’ बन्न नसकेपछि उनले प्रहरी सेवाबाट राजीनामा दिएको घोषणा गरेका थिए । यद्यपि उनले दिएको राजीनामाको टुंगो लागिसकेको छैन ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित समारोहमा उनी एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेशको उपलक्ष्यमा एमाले अध्यक्ष केपी ओलीले टीका लगाई सिलवाललाई स्वागत गरेका हुन् ।

सिलवालले प्रहरी प्रधान कार्यालयमा बुझाएको राजीनामा गृहको सम्बन्धित महाशाखामा नगुग्दै उनी एमाले प्रवेश गरेका हुन् ।

 

Nabaraj Silwal

विशेष