राजनीति

माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको कसरत !

माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको कसरत !

काठमाडौं । । सरकारमा रहेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग वामपन्थी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् ।

स्रोतहरुले दिएको जानकारीअनुसार वामपन्थी गठबन्धनमा रहेका दलहरुबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरु हटाउने छन् । र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धन पार्टीका शीर्ष नेताहरुसँग वान टु वान वार्ता र कानुन व्यवसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न लागेका हुन् ।

नागरिक

विशेष