विचित्र विश्व

यी पाँच कुरा, महिलाले आफ्नो पतिलाई पनि भन्दैनन्

यी पाँच कुरा, महिलाले आफ्नो पतिलाई पनि भन्दैनन्


प्रेम गर्ने व्यक्तिसँग सबै कुरा सेयर हुन्छन् । मन मिलेपनि केही गोप्य कुरापनि प्रेमीकाले प्रेमीको बताउछन् । तर केही कुराको हकमा भने यस्तो भनाइ लागु हुँदैन् । किनकी केही यस्ता कुरा हुन्छन, जुन महिलाले पुरुषसँग लुकाएका छन् । अर्थात पुरुषसँग भन्न चाहदैनन् । जानौँ ती केही रोचक कुरा

१. पतिसँगको पहिलो रातमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो सत प्रतिशत सत्य हुँदैन ।

२. पत्नीहरु आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ, तर कहिल्यै व्यक्त गर्दैनन् ।

३. महिलाहरुले आफ्नो पहिलो प्यारलाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमबारे पतिलाई शेयर गर्नेहरु पनि होलान, तर एउटा कुरामा ढुक्कहुनुस, ऊ प्रति अझै पनि मुटुको एक छेउमा सफ्ट कर्नर छ भन्ने कुरा चाहीँ कसैले शेयर गर्दैनन् । पहिलो प्रेमीलाई पूरै भूलिसकेँ भन्छन् भने त्यो सत्य होइन ।

४. हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस् । जसलाई उनीहरु आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर कुनै बेला पति नै समस्यामा हुँदा झिकेर दिन पछि पर्दैनन् ।

५. महिलाहरु सानातिना कुराहरु पनि आफ्नो साथीसँग शेयर गर्न भ्याउँछन् । तर मैले साथीलाई यो कुरा भनेँ नि भनेरचाहिँ कहिल्यै भन्दैनन् । पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छ

 

विशेष