विचित्र विश्व

ऋण तिर्न नसकेपछि महिलाले गरिन यस्तो हर्कत

ऋण तिर्न नसकेपछि महिलाले गरिन यस्तो हर्कत

एजेन्सी । मानिसलाई ऋणले थिचेपछि मर्नु र बाँच्नुको अवस्था आइपर्छ । कोही देश नै छोडेर भाग्छन् भने कोही अन्य उपाय लगाएर लुकेर बस्ने काम गर्छन् । तर चीनकी एक महिलाले यस्तै एउटा उपाय लगाएकी छिन् ।

उनले ऋण तिर्नबाट बाँच्न प्लाष्टिक सर्जरीको सहायता लिएकी छिन् । सान्घाइको बुहान शहरमा बस्दै आइरहेकी ती चिनियाँ महिलाले अत्याधिक ऋण भएपछि यस्तो उपायको सहारा लिएकी हुन् । लगगभ दुई करोडभन्दा बढी ऋण रहेको थियो ।

प्रहरीको रेकर्ड अनुसार महिलाको उमेर ५२ वर्षको हुनु पर्ने थियो । तर, महिला ३० वर्षकी देखिइन्थिइन् । प्रहरीका अनुसार उनको तस्बिर र अनुहार कत्ति पनि मिलेको थिएन । महिलाको पहिचान हु नाजुआनको रुपमा भएको थियो ।

उनले यस्तो परिचय पत्र बनाएर यात्रा गरिरहेकी थिइन् । तर, अनुहार मिलेको भने थिएन । चीनमा ठुलो संख्यामा ऋण नतिर्नेहरुको संख्या रहेको छ ।उक्त सहरबाट मात्रै १८६ जना ऋण नतिर्नेलाई प्रहरीले हिरासतमा लिएको छ ।

विशेष