राजनीति

पाँचथरको कांग्रेस समानुपातीक उम्मेदवारमा पूर्व सचिव आङ्देम्बे चर्चा

पाँचथरको कांग्रेस समानुपातीक उम्मेदवारमा पूर्व सचिव आङ्देम्बे चर्चा

पाँचथर । पाँचथरमा नेपाली काग्रेसको तर्फबाट प्र्रदेशको समानुपातीकमा हरिराज आङदेम्बेको चर्चा चलिरहेको छ । २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशका लागि प्रत्यक्ष उम्मेद्वारको प्रमुख दाबेदार रहेका पाँचथर काग्रेसका पूर्व सचिव हरिराज आङदेम्बे समानुपातिकमा प्रमुख दाबेदारको रुपमा देखिएका छन ।

सिफारीसको अन्तिम समयमा समानुपातिक तर्फ आकाक्षा राखेका आङदेम्बे प्रमुख दाबेदार मानिएका हुन । कांग्रेसमा बोद्धिक युवा नेताका रुपमा चिनिएका आङदेम्बेलाई समापनुपातिक सूचिमा पार्न विभिन्न क्षेत्रवाट पहल भईरहको छ ।

प्रदेश न. १ मा समानुपातीको ३७ जनाको सूचि बुझाउनका लागि कांग्रेसमा कसरत जारी छ । आङदेम्बे प्रत्यक्ष तर्फका मुख्य दावेदार थिए । पुराना नेताहरुले रहर गरेपछि उनी समानुपातीकमा आएका हुन । नेपाल विद्यार्थी संघवाट उनले राजनीति सुरु गरेका हुन । नेविसंघको अध्यक्ष हुदै काग्रेसको जिल्ला सचिव समेत भएका हुन ।

राजनीतिमा युवाहरु स्थापित हुदै अवसरको न्यायोजित विकासका लागि आफ्नो उम्मेद्वारी रहेको आङदेम्बेले बताए । सवै नेता तथा साथिहरुको समर्थमा आफू उम्मेद्वार बनेको उनले दाबि गरे ।

विशेष